शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक २५ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार

बिहीबार, ०१ मङ्सिर २०७९, १५ : १९
बिहीबार, ०१ मङ्सिर २०७९

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको हो । 

नेप्से सूचक वृद्धि भएसँगै यस दिन कारोबारमा समेत वृद्धि भएको छ । २५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको २.३९ प्रतिशतले, ट्रेडिङ २.२५ प्रतिशत, म्यानु एण्ड प्रो २.०६ प्रतिशतले वृद्धि भएका छन् । 

यस्तै, डेभलपमेन्ट समूहको उपसूचक १.९१ प्रतिशतले, म्युचुअल फन्ड १.६७ प्रतिशतले, निर्जीवन बीमा समूह १.३५ प्रतिशतले इन्भेष्टमेन्ट समूह १.२१ प्रतिशत बढेको छ । आज सिकलेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सयपत्रि हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप