जापानमा नेपालीको चक्कु प्रहारबाट हत्या

जापानमा एक नेपालीको चक्कु प्रहर गरी हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।
समाचार अनुसार चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएको छ । स्थानीय प्रहरीले अभियुक्तको खोजतलास तीव्र बनाएको छ । बुधवार राति करिब ११ः३० बजे इसेसाकी सहरको ओटाचोमा रहेको सो अपार्टमेन्टमा बस्ने अर्को एकजनाले ‘कुनै समस्या भएको जस्तो देखिन्छ’ भनेर प्रहरीलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो ,।
प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्याइए पनि मृत्यु भएको थियो । प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुडको गलकोट रहेको बताइएको छ । मृतक अधिकारीको श्रीमान् जापानमा रहेका र उनको १७ वर्षीय छोरा नेपालमा रहेको आफन्तले बताएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानका लागि आवश्यक सहयोग पुर्‍याइदिन मृतकको परिवारलाई आग्रह गरेको छ । जापानमा योसँगै यसै हप्ता ३ जना नेपालीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
-
एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, सरकार ढल्यो
-
माओवादी केन्द्रीय समिति बैठकका तीन एजेण्डा