शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोर्डनविरुद्ध स्पेनको सहज जित

शुक्रबार, ०२ मङ्सिर २०७९, ०८ : ३२
शुक्रबार, ०२ मङ्सिर २०७९

कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ । 

स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक गोल फर्काएका थिए । 

खेलको १३औं मिनेटमा फातीले अग्रता दिलाए । ५६औं मिनेटमा गावीले दोस्रो गोल गरेका थिए । निकोले खेलको ८४औं मिनेटमा गोल गर्दा स्पेन सहज जित निकाल्न सफल भयो । 

समूह इ मा स्पेनसहित कोस्टारिका, जर्मनी र जापान रहेका छन् । स्पेनले २२ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकप सुरु गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप