हातहतियार सहित तीन जना पक्राउ
शुक्रबार, ०२ मंसिर २०७९, १८ : १६

बर्दियाको बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-२ सिमलघारी बस्ने ५२ वर्षीय रत्न बहादुर राना, ६२ वर्षीय प्रेम बहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन रहेका छन् ।
उक्त स्थानमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना रम्मापुर चेकपोष्ट समेतबाट संयुक्त रूपमा खटिएको टोलीले तलासी गर्दा शुक्रबार बिहान रत्न बहादुरको घरबाट भरुवा बन्दुक १ थान, प्रेम बहादुरको घरबाट बाह्रबोरको बन्दुक १ थान र सोही बन्दुकको नाल १ थान, रतुवाको सिङ र खुर तथा लालमायाको घरबाट भरुवा बन्दुक १ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् भवन परिसरमा शक्तिबहादुर बस्नेत
-
भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता
-
दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकास गर्न महासंघको आग्रह
-
प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्नुहुन्न : ठाकुर गैरे
-
'१५ दिनको समय सीमामै संसद् नियमावली निर्माण गर्छौं'
-
बैकको ब्याजदरले तपाईँलाई कस्तो असर परेको छ ?