बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार अब मंगलबार मात्रै खुल्ने

शुक्रबार, ०२ मङ्सिर २०७९, १८ : २६
शुक्रबार, ०२ मङ्सिर २०७९

धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ ।

शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।

पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ ।

त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । मङ्सिर १ गते बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अंकले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप