सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
शुक्रबार, ०२ मंसिर २०७९, २२ : ५७

सिरहामा बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद भएको छ । शुक्रबार सिरहा प्रहरीले मिर्चैया नगपालिका ९ कमल दह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
सो क्षेत्रमा केही व्यक्ति बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले २ थान बन्दुक बरामद गरेका हुन् । घुम्ने व्यक्ति बन्दुक फालेर भागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिप्रसाद वलीले जानकारी दिए ।
बन्दुक फालेर भागेकाहरूको खाजी भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीतापाइला दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो
-
केदारनाथ मन्दिर हिउँले ढाकियो
-
अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु
-
परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
-
एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने
-
परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न म्यागङ गाउँपालिकाको निर्देशन