शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप फुटबल : कतारका स्टेडियमहरूमा बियरको बिक्रीमा प्रतिबन्ध

शनिबार, ०३ मङ्सिर २०७९, ०८ : ३३
शनिबार, ०३ मङ्सिर २०७९

कतारमा हुने विश्वकप फुटबलको खेलमा आठ रंगशालामा मदिरा बिक्री नगरिने भएको छ । फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको थियो, त्यसपछि कतारले यस्तो निर्णय गरेको हो ।

मुस्लिम बाहुल्य देश कतारले मदिरा बिक्रीलाई नियन्त्रण गर्ने कडा कानुनको बाबजुद विश्वकपका खेलहरूमा स्टेडियमका निश्चित क्षेत्रहरूमा मदिरा बिक्री वितरण गर्न अनुमति दिएको छ। तर, स्टेडियमभित्रको कर्पोरेट क्षेत्रमा अझै पनि मदिरा पिउन अनुमति दिइएको छ । आइतबार कतार र इक्वेडरबीचको खेलबाट फिफा विश्वकप सुरु हुँदैछ ।

फिफाको प्रायोजक बुडवेजरलाई विश्वकपको समयमा बियर बेच्ने विशेष अधिकार दिइएको थियो। यस निर्णयपछि फिफाले जारी गरेको विज्ञप्तिमा यो निर्णयले बड जिरोको बिक्रीमा कुनै असर नपर्ने र विश्वकपका खेलहरूमा उपलब्ध गराउन जारी रहने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप