सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको ज्यान गयो
शनिबार, ०३ मङ्सिर २०७९, ०९ : १४
काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको ज्यान गएको छ ।
ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा