विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीमा चारै क्षेत्रका ४९९ मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा

शनिबार, ०३ मंसिर २०७९, ११ : ५५
शनिबार, ०३ मंसिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ । जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिए ।

जिल्लाका चार निर्वाचन क्षेत्र छन् । भूगोलअनुसार नै मतदान केन्द्र र मतदानस्थलको व्यवस्थापन गरिएको छ । निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् । जसमध्ये क मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, ख मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये क मा २९ मतदानस्थल, ६० मतदान केन्द्र, ख मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन । निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सवैभन्दा बढी छन्  ।  क मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र, ख मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र ४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्ये क मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र, ख मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन्  । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप