बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नाइटक्लब गएर मज्जाले नाच्नुहोस्, प्रदुषण घटाउनुहोस्

शनिबार, ०३ मङ्सिर २०७९, १४ : २९
शनिबार, ०३ मङ्सिर २०७९

केही दिन अघि विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक, फ्रान्सेली व्यापारी बर्नार्ड अरनल्टले आफ्नो विमान बेचिदिए । अब उनी भाडाको विमानमार्फत् यात्रा गर्नेछन् । कार्बन फुटप्रिन्ट थोरै बनाउनका लागि उनले यस्तो निर्णय गरेको बताएका छन् । चर्चित व्यक्तिहरु विश्वलाई प्रदुषणबाट बचाउनका लागि लगातार कोसिस गरिरहेको जस्तो देखिन्छन् तर सर्वसाधारण पनि अब सचेत भइरहेका छन् र पृथ्वीलाई आफ्नो तर्फबाट कत्तिको योगदान दिन सकिन्छ भनेर घोत्लिन थालेका छन् । अब थुप्रै युरोपेली देश नाइटक्लबको मद्दतले प्रदुषण घटाइरहेका छन् । नाइटक्लब जानुहोस्, बेस्सरी नाच्नुहोस् र जलवायु परिवर्तन हुनबाट रोक्नुहोस् ।

क्लबमा झुमेर नाच्दा प्रदुषण रोक्न सकिने सम्भावना छ । यो थाहा पाउनुभन्दा अघि पहिला कार्बन फुटप्रिन्ट के हो, त्यसबारे जानकारी लिऔँ । कोही व्यक्ति, पशु, वस्तु वा संस्थाले आफ्नो काममार्फत् वातावरणमा जति ग्रिनहाउस ग्यास उत्सर्जन गर्छन्, त्यसलाई कार्बन फुटप्रिन्ट भनिन्छ । यो ग्यासकै कारण ग्लोबल वार्मिङ बढ्छ जसको प्रत्यक्ष असर जलवायु परिवर्तनमा देखिने गर्छ ।

यसलाई यसरी पनि बुझ्न सकिन्छ । यदि तपाईं आफ्नो ठूलो कारमा अफिसका लागि जानुहुन्छ भने तपाईंको फुटप्रिन्ट ती व्यक्तिभन्दा धेरै नै हुनेछ जसले बस, स्कुटर वा मोटरसाइकल प्रयोग गर्छन् । हामी के खान्छौँदेखि कस्तो खालको क्रिम पाउडर लगाउँछौ, यी सबैले हामीले वातावरणलाई कत्तिको हानी वा फाइदा पुर्याइरहेका छौँ भन्ने निर्धारण हुन्छ ।

अब जाऔँ मुख्य एजेन्डामा । क्लबमा नाचेर कसरी वातावरणलाई बचाउन मद्दत गर्न सकिन्छ त ? वास्तवमा नाँच्दा वा तीब्र गतिमा घुम्दा हाम्रो शरीरबाट जुन ऊर्जा मिल्छ, त्यसलाई जम्मा गरेर बिजुली बनाउने काम गर्न सकिन्छ । त्यहि बिजुली जसमार्फत् घर–अफिसको सबै काम हुन्छ ।

हल्का–फुल्का नाच्दा हाम्रो शरीरबाट लगभग २५० वाट ऊर्जा पैदा हुन्छ । तर सङ्गीत तेज छ र तपाईंलाई मनपर्ने गीत बजिरहेको छ भने यो ऊर्जा बढेर ५०० देखि ६०० वाट पनि हुनसक्छ । यसै थर्मल एनर्जीलाई भित्ता र छतमा राखिएका पाइपको सहारामा जम्मा गरिन्छ र जहाँबाट त्यसलाई जमिनको मुनी पठाइन्छ । यहाँबाट ऊर्जाको प्रयोग, जहाँ आवश्यकता हुन्छ, त्यहाँ गर्न सकिन्छ ।

थुप्रै नाइटक्लबले यो दिशामा काम गरिरहेको छ । जस्तै कि हालै स्कटल्याण्डस्थित ग्लासगोमा यसको सुरुवात भइसकेको छ । यहँँ एक मल्टी–भेन्यू कम्प्लेक्स बनाइएको छ जसमा ठूल्ठूला कन्सर्ट हुन्छन् । यहाँ नाचिरहेका मानिसको ऊर्जा जम्मा गर्ने जिम्मा टाउनरक एनर्जी नामको जिओथर्मल स्टार्टअपले लिएको छ । यहाँ ठूलो आवाजमा सङ्गीत बजाइनेछ, मानिसहरु नाच्नेछन् र त्यहाँबाट निस्किरहेको ऊर्जालाई बचाउने काम गरिनेछ ।

प्रयोग अहिले सुरुवाती चरणमा छ, तर अहिलेदेखि नै यसबारे धेरै नै कुरा भइरहेको छ । थुप्रै स्थानमा इलेक्ट्रिक फ्लोर पनि बनाइँदैछन् ताकि बडी हिटलाई सिधा जम्मा गर्न सकियोस् । यो एक किसिमको रिन्युएबल इनर्जी (नवीकरणीय ऊर्जा) हुनेछ जुन लगातार पैदा हुन सक्नेछ ।

लण्डनको कम्पनी पेवेगन पनि बडी हिटमा काम गरिरहेको छ तर अर्कै शैलीमा । पैदल हिँड्ने मानिसहरुले जब इलेक्ट्रोम्याग्नेटिक जेनेरेटरमा खुट्टा राख्छन्, जुन टायल्स मुनी हुन्छ, त्यसमा उनीहरुको ऊर्जा जम्मा हुने गर्छ । अर्थात् मानिसको हरेक कदमले ऊर्जा दिइरहेको छ । यो टायल्स अब अमेरिकासम्म पुगिसकेको छ ।

यहाँ के बुझ्नुपर्छ भने हामीसँग ऊर्जाको रिन्युएबल माध्यम निकै कम छ । जमिनको मुनी जम्मा तेल र ग्यास एक न एक दिन समाप्त भइहाल्छन् । र तीब्र गतिमा हामी ऊर्जा खर्च गरिरहेको छौँ, त्यो दिन छिट्टै आउनेछ । त्यहि कारणले वैज्ञानिक रिन्युएबल सोर्स अफ एनर्जीमा जोड दिइरहेका छन्, जसरी सूर्यको गर्मीबाट पैदा हुने ऊर्जा ।

यस्तै यदि तपाईं सोचिरहनुभएको छ कि शरीरको गर्मीले के नै हुन सक्ला र ? यहाँ हामी के जानकारी दिन चाहन्छौँ भने हाम्रो सेलफोन लगभग १ वाट ऊर्जा उपभोग गर्छ र ल्यापटपले ४५ वाट । जबकी एक सुतिरहेका व्यक्तिबाट लगभग ७० वाट ऊर्जा पैदा भइरहेको हुन्छ । यसै कन्सेप्टलाई लिएर सन् २००६ मा रुसी वैज्ञानिक भ्लादिमिर लेओनवले शरीरको ऊर्जाबाट मेडिकल उपकरण चलाउन सफलता पाएका थिए । खास कुरा यो थियो कि सुतिरहेका बिरामीको ऊर्जाबाट यो काम गर्न सकिन्थ्यो । चर्चा पाउँदासमेत केही कारणवश यो बजारमा भने आउने सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप