शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको आह्वान

शनिबार, ०३ मङ्सिर २०७९, १६ : २४
शनिबार, ०३ मङ्सिर २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन् । उनले आज एक सन्देश जारी गर्दै मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको बताएकी छिन् । 

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्य शक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिबिम्बित गर्ने बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप