शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा तीन स्थानमा मतगणना गरिने

शनिबार, ०३ मङ्सिर २०७९, २१ : १२
शनिबार, ०३ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ ।  दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको तयारीमा जुटेको छन् । निर्वाचन क्षेत्र नं १ मा मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु गरिएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । दाङ क्षेत्र नम्बर १ को मतगणना लमही नगरपालिकाको कार्यालयमा हुनेछ । 

“मतगणनाको समयमा अप्रिय घटना नहोस् भनेर तारजालीको घेरा लगाइएको छ”, उनले भने, “प्रतिनिधिसभाको दुई र प्रदेशसभाको दुई ठाउँमा एकैसाथ गणनाको व्यवस्थापन गरेका छौँ ।”  त्यसैगरी क्षेत्र नम्बर २ को  जिल्ला समन्वय समितिमा मतगणना गर्ने र सो स्थललाई तारजाली लगाउने, सिसी क्यामरा जडान गरेर सुरक्षित गर्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुनेछ ।

क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणना गरिने तयारी गरिएको छ । मत गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडान गर्ने काम सकिएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

दाङमा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्रका तीनवटै क्षेत्रबाट मतगणना गर्न थालिएको हो । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिनेसमेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङमा एक सय ५३ मतदानस्थल, चार सय ६५ मतदान केन्द्र छन् । दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । 

अस्थायी मतदान केन्द्रबाट कैदीबन्दीले मतदान गर्नेछन् दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप