मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद
सोमबार, ०५ मंसिर २०७९, ०९ : ५५

दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको हो ।
गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए ।
उनले अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसपछि मात्रै निर्णयमा पुगिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव
-
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
-
पाल्पाका सात पालिकामा भेटिए कुष्ठ रोगी
-
हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा