मंसिर १५ मा प्रदर्शन हुने ‘सरी मम’ को ‘निःस्वार्थ माया’ गीत सार्वजनिक

काठमाडौँ । मंसिर १५ बाट प्रदर्शनमा आउने फिल्म हो ‘सरी मम’ । लागु औषध विरुद्धको सन्देशसहित निर्माण भएको फिल्मको ‘निस्वार्थ माया’ बोलको गीत सार्वजनिक भएको छ । प्रज्वल श्रेष्ठको स्वर, शब्द तथा संगीत संयोजन रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नै देखिएका छन् ।
एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने उद्देश्य सहितफिल्म रिलिज गर्न लागेको निर्माता विनोद लामाले बताए । एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।
यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।
किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन, एन–प्याब्स, हिसान, शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् ।
उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरीको तेल किन्ने दुईवटा पेट्रोल पम्पमाथि १ लाख जरिवाना, ६ महिनाका लागि आपूर्ति बन्द
-
प्रदेशसभा ऐन, कानून निर्माणमा जिम्मेवार हुनुपर्छ : शर्मा
-
पठान फिल्म हेर्न पुगिन् पूर्वरानी कोमल
-
समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक
-
आमालाई बन्चरोले हिर्काएर हत्या गरेको आरोपमा छोरा पक्राउ
-
भारतले घटायो नेपालका लागि बजेट, आर्थिक वर्षका लागि साढे ५ अर्ब दिने घोषणा