बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजील्याण्ड नेपाली साहित्य समाजद्वारा साहित्यकार कर्माचार्य सम्मानित

सोमबार, ०५ मङ्सिर २०७९, १२ : ०७
सोमबार, ०५ मङ्सिर २०७९

न्यूजील्याण्ड नेपाली साहित्य समाजले साहित्यकार पशुपति कर्माचार्यलाई सम्मान गरेको छ । न्यूजील्याण्ड साहित्य समाजले कर्माचार्यलाई ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ र ३ वटा संस्थाहरुलाई ‘नेसास साहित्य सम्मान पुरस्कार २०२२’ प्रदान गरेको हो ।

नेसासका सल्लाहकार डा भोला प्रधानले टोकन अफ लभ, नेसासका अध्यक्ष डा बिरेन्द्र केसीद्वारा ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ प्रमाणपत्र र नेसासका संस्थापक सल्लाहकार बाबुराजा महर्जनले दोसल्लाहा ओढाएर कवि कर्माचार्यलाई सम्मान गरिएको थियो ।

काभ्रे जिल्लाको बनेपामा सन् १९४५ मा जन्मिएका कर्माचार्य २०२२ सालदेखि साहित्य सिर्जनामा लागेका हुन् । उनले न्यूजिल्याण्ड साहित्य समाजका संस्थापक अध्यक्ष भएर साहित्यप्रेमीहरुलाई गोलबद्ध गर्दै र साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्री नेपाली साहित्यलाई संस्थागत गर्ने कार्यको सुभारम्भ गरेका थिए ।

कर्माचार्यका ‘यादका आयामहरू’(२०६१), मुटुमा बुद्ध बोकेर (२०७४), समानताको चिराग बोकेर (२०७८) गरी तीनवटा कविता संग्रह र फूलका थुङ्गा (२०६७) तथा रुखमा बुद्ध (२०७४) हाईकु–सेनु संग्रह गरी ५ वटा कृति प्रकाशित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप