रौतहट–४ को मतगणना सुरु, तीन वटा क्षेत्रमा अझै हुन सकेन
सोमबार, ०५ मंसिर २०७९, १४ : २०

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । जनज्योति मावि चन्द्रनिगाहपुरमा मतगणना सुरु भएको हो ।
रौतहटका बाँकी तीन वटा क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन । क्षेत्र नम्बर ४ अन्तर्गत सोमबार बिहान बसेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ को जुद्व मावि गौर, क्षेत्र नम्बर २ को लौकाहा र क्षेत्र नम्बर ३ को जनता मावि कटहरियाको भवनमा मतगणना हुने तयारी भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने