सोलुखुम्बुमा मतपेटिका सङ्कलन सकिएसँगै सर्वदलीय बैठकको तयारी

सोलुखुम्बुको आठवटै स्थानीय तहका मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ । आठ स्थानीय तह रहेको जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका नौ मतदान केन्द्रको ३६ मतपेटिका हेलिकप्टरबाट र अन्य पालिकाको मतपेटिका स्थलमार्गबाट सल्लेरी ल्याइएको हो ।
लिखुपिके गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका मतपेटिका आज ढुवानी गरिएको हो भने अन्य पालिकाको मतपेटिका हिजो राति नै सल्लेरी ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लिखुपिके गाउँपालिकाबाट लामाजुरा हुँदै ट्याक्टरमार्फत ल्याइएको मतपेटिका साँझ सल्लेरी आइपुगेसँगै जिल्लाको सबै मतदान केन्द्रको मतपेटिका सङ्कलन कार्य सकिएको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले बताए ।
एक सय ३५ मतदान केन्द्र रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा गरी पाँच सय ४० मतपेटिका छन् । ती सबै मतपेटिका सुरक्षित सल्लेरी आइपुगेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए । ८१ हजार पाँच सय दुई मतदाता रहेको जिल्लामा ३९ हजार चार सय ३३ मतदाताले मतदान गरेका छन् । मतपेटिका सङ्कलनको काम सकिएसँगै मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्ष दलको नेता विवाद : सर्वोच्चद्वारा मुद्दा दरपीठ
-
चालकलाई ६ महिना निलम्बन गर्ने कानुन परिवर्तन गर्न व्यवसायीको माग
-
कालीकोटमा घरमा सुत्केरी हुनेको संख्या घट्यो
-
बैतडीमा एक जना मृत फेला
-
जनपक्षीय पत्रकारिता र प्रेस सेन्टर
-
चोरीको तेल किन्ने दुईवटा पेट्रोल पम्पमाथि १ लाख जरिवाना, ६ महिनाका लागि आपूर्ति बन्द