बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङ-१ : वाम लोकतान्त्रिक गठबन्धनका पाण्डे १८३ मतले अगाडि

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ३२
मङ्गलबार, ०६ मङ्सिर २०७९

धादिङ क्षेत्र नं. १ को मतगणनामा राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् ।  गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता गरेका हुन् । 

गल्छीको ८ वटै वडाको मतगणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत पाएका छन् ।  त्यस्तै एमालेका भूमि प्रसाद त्रिपाठीले ५ हजार १८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ५६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

कुल २० हजार ५१४ मतदाता रहेको गल्छी गाँउपालिकामा १२ हजार २८२ मत खसेको थियो । जसमध्ये १२ हजार १२४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप