ऋर्चाले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड
मंगलबार, ०६ मंसिर २०७९, १२ : २१

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् ।
अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।
साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिट्टी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा फिल्मले उठाएको छ । सनिस श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन शाहिल खान हुन् ।
अष्ट्रेलियामा आफुले अभिनय गरेको फिल्म अवार्ड जित्दा निकै खुसी लागेको ऋचाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु