परिजिताले ‘द भोइस अमेरिका’को शीर्ष १३ लाइभ शोमा गाइन् एडेलको गीत, चौतर्फी वाहवाही
द भोइस अमेरिकाको शीर्ष १३ लाइभ शोमा नेपाली मूलकी परिजित बाँस्तोलाले बेजोड प्रस्तुती दिएकी छिन् । उक्त शोमा उनले एडेलको ‘अल आई आस्क’ बोलको गीतमा प्रस्तुती दिएकी छिन् ।
कोच जोन लिजेन्डको तर्फबाट उनले टप १३ लाइभ शोमा आफ्नो प्रस्तुती दिँदा कालो सारी र ब्लाउज लगाएकी थिइन् ।
कोच जोनले उनको पहिरनको विशेष तारिफ गरेका पनि छन् । उनले भने, ‘तिमीले जहाँको प्रतिनिधित्व गर्छौ, त्यसलाई तिमीले निकै राम्रोसँग प्रस्तुत गरिरहेकी छौ । तिम्रो स्वर निकै फरक छ, हरेक गीत सजिलै गाउन सक्छौ ।’
लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । परिजिताले ‘द भोइस’ मा आफ्नो प्रस्तुती दिन पाउँदा आफू निकै खुसी भएको र आफूलाई यो यात्रामा माया र समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी पनि छिन् ।
यसका साथै उनले भोटको लागि अपिलसमेत गरेकी छिन् ।
परिजिताको भोइसमा ब्लाइन्ड अडिसनबाटै व्यापक चर्चा भइरहेको छ ।
उनको गायन शैलीलाई भोइसका चारैजना कोचले तारिफ गर्ने गर्छन् । यस्तै, उनले देश विदेशबाट पनि चौतर्फी वाहवाही बटुलिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्नपनि मलाई लज्जाबोध छ’: राजकिशोर यादव
-
रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी
-
रास्वपाका नेता कार्की भन्छन्–हामीबाट गल्ती हुन लागेकै छ
-
क्षेत्राधिकार मिचेर विमानस्थलको जग्गामा निस्सा बाँड्दै मन्त्री
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
चौधरीको चुनौती : न राजा पुनः स्थापित हुन्छन् न हिन्दुराज्य !