परिजिताले ‘द भोइस अमेरिका’को शीर्ष १३ लाइभ शोमा गाइन् एडेलको गीत, चौतर्फी वाहवाही
द भोइस अमेरिकाको शीर्ष १३ लाइभ शोमा नेपाली मूलकी परिजित बाँस्तोलाले बेजोड प्रस्तुती दिएकी छिन् । उक्त शोमा उनले एडेलको ‘अल आई आस्क’ बोलको गीतमा प्रस्तुती दिएकी छिन् ।
कोच जोन लिजेन्डको तर्फबाट उनले टप १३ लाइभ शोमा आफ्नो प्रस्तुती दिँदा कालो सारी र ब्लाउज लगाएकी थिइन् ।
कोच जोनले उनको पहिरनको विशेष तारिफ गरेका पनि छन् । उनले भने, ‘तिमीले जहाँको प्रतिनिधित्व गर्छौ, त्यसलाई तिमीले निकै राम्रोसँग प्रस्तुत गरिरहेकी छौ । तिम्रो स्वर निकै फरक छ, हरेक गीत सजिलै गाउन सक्छौ ।’
लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । परिजिताले ‘द भोइस’ मा आफ्नो प्रस्तुती दिन पाउँदा आफू निकै खुसी भएको र आफूलाई यो यात्रामा माया र समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी पनि छिन् ।
यसका साथै उनले भोटको लागि अपिलसमेत गरेकी छिन् ।
परिजिताको भोइसमा ब्लाइन्ड अडिसनबाटै व्यापक चर्चा भइरहेको छ ।
उनको गायन शैलीलाई भोइसका चारैजना कोचले तारिफ गर्ने गर्छन् । यस्तै, उनले देश विदेशबाट पनि चौतर्फी वाहवाही बटुलिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण