बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ–१ मा नेकपा एकीकृत समाजवादीका मेटमणिको फराकिलो अग्रता, शान्तालाई पछ्याउँदै देवराज

मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ५९
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रतिनिधिसभा सदस्य अन्तर्गत दाङ क्षेत्र नं. १ मा ५ हजार ७८२ मत गणना गर्दा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले २ हजार २४० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरी ७८१ मतले पछि छिन् । उनले एक हजार ४५९ मत पाएकी छन् ।

चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले पछ्याइरहेका छन् । पाठकले १ हजार १८५ मत प्राप्त गरेका छन् । 

त्यस्तै प्रदेशसभा तर्फ दाङ १(१) मा ६ हजार ९३ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजीत थारुले १ हजार ९६८ मत प्राप्त गरेका छन् भने एमालेका गंगाराम भट्टराईले १ हजार ९८१ मत प्राप्त गरेका छन् । 

त्यस्तै क्षेत्र नं. १ (२) नेपाली कांग्रेसका अनुराग खड्काले नेकपा एमालेका कुलबहादुर केसीलाई ४६३ मतले पछि पारेका छन् । ६ हजार ३ सय मत गणना गर्दा खड्काले २ हजार ७४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कुलबहादुर केसीले २ हजार २८६ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप