बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्य–सृष्टि बाल वाङ्मय साधना सम्मान मानन्धरलाई

मङ्गलबार, ०६ मङ्सिर २०७९, १७ : ३१
मङ्गलबार, ०६ मङ्सिर २०७९

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले साहित्य–सृष्टि बाल वाङ्मय साधना सम्मान–२०७९ बाट पहिलो पटक  नेपाली बाल साहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ । 
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले मानन्धरलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि २५ हजार रुपियाँ नगदसहित सम्मानपत्र रहेको छ ।  
सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उनकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू. ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् । 

यसैगरी उक्त पुरस्कार वितरण कमिटीको बैठकले ‘राकुपा बाल वाङ्मय बाल प्रतिभा पुरस्कार’को राशि रू. १० हजार पुर्याउने निर्णय पनि गरेको छ । सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यङ्ग्य लेखक एवं बाल साहित्यकार प्रा. रामकुमार पाँडेले रू. २ लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका छन् । यो पुरस्कार २० वर्षभन्दा मुनिका स्रष्टाका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गर्न स्थापना गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप