प्लेयर टू वाच : किलियन एमबाप्पे, फ्रान्स

पोजिसन : फरवार्ड
उमेरः २३
सन् २०१८ मा फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् किलियन एम्बाप्पे । विश्वकप विजेता एम्बाप्पे उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि पाएका थिए । उक्त विश्वकपमा उनले चार गोल गरेका थिए ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि यो सिजन १४ लिग खेल खेल्दै १२ गोल गरेका छन् । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
सन् २०१७ मा राष्ट्रिय टोलीमा समावेश भएका एम्बाप्पेले राष्ट्रिय टोलीका लागि ५९ खेल खेल्दै २८ गोल गरेका छन् । फ्रान्सका लागि अहिले उनी मुख्य खेलाडीको रूपमा रहेका छन् । साबिकको विजेता फ्रान्स एसियाली टिमसँग खेल्दा आफूलाई बलियो तरिकाले प्रस्तुत गर्ने योजनामा छ । एम्बाप्पेका लागि यो विश्वकपमा राष्ट्रिय रेकर्डहरू नयाँ बनाउने मौका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित