बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदीप पौडेलसँग हारेपछि ईश्वर पोखरेलले भने– पारदर्शी जीवनशैली अपनाउँछु

मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : २८
मङ्गलबार, ०६ मङ्सिर २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने बनाएका छन् । यस्तै उनले जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्दै पारदर्शी जीवनशैली अपनाउने पनि बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले निरन्तर देश  हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।  काठमाडौं(५ मा आफूलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भएकामा उनले बधाई समेत दिएका छन् । 

‘यस निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेको मलाई आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु’, उनले भनेका छन्, ‘यस अभियानमा सरिक हुनुहुने पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु प्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

काठमाडौं– ५ मा आफूले प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको बताउँदै उनले आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा एमालेप्रति समर्पित रहिरहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप