शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव हारेका श्री गुरुङले एक भोटका लागि खर्चिए फेसबुकमा २८२ रुपैयाँ

मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : ४१
मङ्गलबार, ०६ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव लड्नका लागि आक्रामक प्रचार गरेका स्वतन्त्र उम्मेदवार श्री गुरुङ (श्रीराम गुरुङ) ले एक भोटको लागि नै फेसबुकमा २८२ रुपैयाँ खर्चिएको पाइएको छ । जम्मा २७६१ मत पाएका गुरुङले सामाजिक सञ्जलामा ५ हजार ९६८ डलर अर्थात करिब ७ लाख ७९ हजार ७ सय २९ रुपैयाँ खर्च गरेका हुन् । 

फेसबुकमा उनले प्रचार गर्न खर्चिको डलरको रेकर्डमा उनले सो रकम खर्च गरेको देखिएको हो । तर, २८२ रुपैयाँ ४० पैसा खर्च गरेपनि उनले जम्मा भोट भने २७६१ पाएका हुन् । सोही क्षेत्रबाट हारेकी स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि १ लाख ४५ हजार ५२४ रुपैयाँ खर्च गरेको पाइएको छ । उनले एक भोटलाई २ सय ४२ रुपैयाँ खर्च पाइएको हो । उनले जम्मा  ६०० मत पाएको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ । 

सोही क्षेत्रबाट चुनाव जितेका प्रदीप पौडेलले भने निर्वाचनमा फेसबुकमा प्रचार गर्न २ लाख ३४ हजार ३८६ खर्च  गरेको पाइएको छ । यो आधारमा उनले सरकार १५ रुपैयाँ खर्च गरेको देखिन्छ । जुन खर्च विवरण अन्य शीर्षकमा भएको खर्च जोडिएको छैन । 

काठमाडौं ५ मा पौडेल १५ हजार २३७ मतका साथ विजयी भएका हुन् भने एमालेका ईश्वर पोखरेल १० हजार १७५ मतका साथ पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप