शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४७ वर्षको उमेरमा प्रदीपको संसदमा पहिलो पाइला, तस्बिरमा हेर्नुहोस् जीतको खुसीयाली

मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : ५३
मङ्गलबार, ०६ मङ्सिर २०७९

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ४७ वर्षको उमेरमा संघीय संसदमा प्रवेश पाउने निश्चित भएको छ।  उनी काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै विजयी भएका हुन् । 

प्रतिनिधिसभामा पहिलो पटक प्रतिस्पर्धा गरेको पौडेलले विजय हासिल गरेर संसदमा प्रवेश गर्ने अवसर पाएका हुन् । उनले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएर पराजित भए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शमशेर राणाले ५ हजार ४३७ मत पाए । 

पौडेल विजयी भएसँगै कार्यकर्ता र शुभेच्छुकले मतगणनास्थल टोखामा खुसीयाली मनाएका छन् । सो अवसरमा पौडेलले समर्थकलाई धन्यवाद ज्ञान गर्दै आफूले राम्रो गर्न प्रयास गर्ने बताए । 
हेर्नुहोस् जीतको खुसीयालीका तस्बिरहरुः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप