गोरखा १ मा कांग्रेसका बजगाईंको फराकिलो अग्रता
बुधबार, ०७ मङ्सिर २०७९, ०१ : ११
गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले फराकिलो अग्रता बनाएका छन् । १४ हजार २६४ मत गणना हुँदा बजगाईंले ८१६१ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका रामशरण बस्नेतले ३२६१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६८३ मत पाएका छन् ।