आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

मकवानपुर २ : बर्तौलाको अग्रता बढ्यो, पछि परे खतिवडा

बुधबार, ०७ मंसिर २०७९, ०८ : १८
बुधबार, ०७ मंसिर २०७९

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा विरुद्ध २ हजार २४५ मतको अन्तर बनाएका छन् । 

एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् । 

कुल ३९ हजार ४४१ मत गणना गर्दा खतिवडाले १३ हजार ६५७ मत पाएका छन् भने एमालेका बर्तौलाले १५ हजार ९०२ मत ल्याएका छन् । यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ हजार ७७९ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप