साउथका ४ अभिनेत्री, जसले आइटमबाट पनि रिझाए दर्शक
बलिउड फिल्ममा दर्शक आकर्षित गर्न आइटम गीतको ठूलो महत्व रहने गर्छ । बलिउडका धेरै फिल्ममा अभिनेत्रीहरूले आइटम डान्समा आफूलाई प्रस्तुत गरेर दर्शकको मन जितेका छन् । आइटम डान्सको मामलामा दक्षिण भारतीय (साउथ) अभिनेत्री पनि कम छैनन् । सामन्था रुथ प्रभुदेखि तमन्ना भाटियासम्म, आइटम डान्स मार्फत दर्शकको मनमा राज गर्न सफल छन् । साउथका ४ अभिनेत्री, जसले आइटम डान्सबाट रिझाए दर्शक ।
सामन्था रुथ प्रभु : अभिनेत्री सामन्था रुथ प्रभु साउथकी ग्ल्यामरस अभिनेत्री हुन् । फिल्म ‘पुष्पा द राइज’ मा अभिनेत्रीले आइटम नम्बर ‘उम अन्वा’ मार्फत सबैको मन जित्न सफल भएकी थिइन् । फिल्ममा छोटो एन्ट्री गरेर पनि सामन्थाले धेरै चर्चा पाइन् ।
पूजा हेगडे : अभिनेत्री पूजा हेगडेको नाम पनि ती अभिनेत्रीहरूमा पर्छ, जसले आइटम नम्बरमा आफ्नो डान्स गरेर सबैको दिलमा राज गर्ने गर्दछिन् । पूजा हेगडेले फिल्म ‘रंगस्थलम’को आइटममा पनि आकर्षक डान्स मुभ देखाएकी थिइन् ।
प्रियामणि : प्रियामणी साउथकी चर्चित अभिनेत्री हुन् । उनी आफ्नो उत्कृष्ट अभिनयका लागि मात्रै नभई आइटम गीतमा पनि चर्चामा छिन् । चेन्नई एक्सप्रेस फिल्मको ‘वन टू थ्री फोर गेट अन द डान्स फ्लोर’ गीतमा उनले आइटम डान्स गरेकी थिइन् । प्रियमणिले यस गीतको डान्सबाट धेरैको प्रशंसा पाएकी थिइन् ।
तमन्ना भाटिया : मिल्क अफ साउथ भनेर चिनिने तमन्ना भाटियाले पनि आइटम नम्बरबाट दर्शकको दिलमा राज गरेकी छन् । अभिनेत्रीले केजीएफमा तेलुगु भाषाको गीत ‘जोकाइमा’ गरेको नृत्य दर्शकको मानसपटलमा अहिले पनि ताजै छ । –अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली : लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु
-
सन्ताउन्न वर्षीया महिलासहित नौ महिला एसइईमा सहभागी
-
कांग्रेसभित्रै मन्त्रीमा भागबण्डाको रडाको, देउवासँग शेखर समूह असन्तुष्ट
-
वाल स्ट्रीट जर्नलका संवाददाता जासुसीको आरोपमा पक्राउ
-
आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
-
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ