बैतडीमा मङ्गलबारदेखि विद्युत सेवा अवरुद्ध

बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि वञ्चित भएका छन् । उनले भने, “विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ ।” विद्युतबाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन् ।
यता नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युतको लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताए । एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरु चुँडिएको छ । उनले भने, “प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्छ होला ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखमा मेरो निष्पक्ष भूमिका रहन्छ : तुलाराम घर्तीमगर
-
सांसद एकनाथ ढकालले सोधे– ‘माओवादीसँगको शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ ?’
-
राष्ट्रपतिको चुनाव नहुँदासम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी
-
आफ्नो मृत्यु भइसक्यो भनेर देखाउन चाहन्थिन्, इन्स्टाग्राममा आफूजस्तै देखिने केटीलाई खोजेर मारिन्
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट