नोबेल बन्यो तेस्रो पटक सर्वाधिक आयकर तिर्ने मेडिकल कलेज

डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ ।
११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक वर्ष २०७७ /७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो । कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।
नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा भागेन्द्र प्रसाद उपाध्यायले राम्रो सेवा दिँदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । नोबेल मेडिकल कलेज विराटनगर यस अघिपनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रवाट सर्वाधिक आयकर तिर्ने संस्थाको रुपमा सरकारबाट सम्मानित भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु
-
फोन पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने
-
२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु