बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्कटल्याण्डको सुमद्री तटमा भेटियो आँखा नभएको अचम्मको जीव

बुधबार, ०७ मङ्सिर २०७९, १४ : ०९
बुधबार, ०७ मङ्सिर २०७९

स्कटल्याण्डका एक ३३ वर्षीय माइक अरनट २१ नोभेम्बरमा पोर्टोबेलो तटमा घुमिरहेका थिए । तटमा उनले एउटा हरियो रङको विचित्रको जीव देखे । एकदम हरियो एलियन जस्तो । उनले यसको फोटो खिचे । त्यसपछि यसलाई स्कटिश वाइल्डलाइफ ट्रस्टलाई पठाइदिए । यो जीव कस्तो खालको हो भनेर उनी थाहा पाउन चाहन्थे ।

स्कटिश वाइल्डलाइफ ट्रस्टका विशेषज्ञ पिच हस्केलले यो एक समुद्री मुसा (सी माउस) भएको जानकारी दिए । साधारणतया भूमध्यसागर र अटलान्टिक महासागरमा यो भेटिन्छ । यसका ठूल्ठूला रेशा हुन्छन् । छुँदा निकै नरम हुन्छन् ।

समुद्री मुसा वास्तवमा एउटा समुद्री किरा हो जुन एफ्रोडिटा जिनससँग सम्बन्धित हुन्छ । यो जिनसको नाम प्राचिन ग्रीसमा प्रेमकी देवी एफ्रोडाइटको नाममा राखिएको छ किनभने यसको आकार महिलाको यौनाङ्गजस्तो देखिन्छ ।

समुद्री मुसाको लम्बाई ३ देखि ६ इन्चसम्म हुनसक्छ । केही समुद्री मुसा १२ इन्चसम्म बढ्ने गर्छन् । यसको आँखा हुँदैन । आँखा हुने ठाउँमा दुई फिलर्स हुन्छन् । यिनीहरु हिँड्दा कसैले पानीमा प्याडल बोट चलाइरहेको जस्तो भान हुन्छ ।

समुद्री मुसा हर्माफ्रोडिटिक हुन्छन् अर्थात् भाले र पोथी यौनाङ्ग एकसाथ हुन्छन् । तर एक समुद्री मुसामा निस्कने वीर्य अर्को मुसाको अण्डासँग निषेचित हुन्छन् । यसरी यसले आफ्नो प्रजनन प्रक्रिया पूरा गर्ने गर्छ ।

यसको शरीरमा काँडाजस्तो निस्केको हुन्छ जसले दुश्मनलाई चेतावनी दिनका लागि हुन्छ । हुन त यो रातो देखिन्छ तर जब यसमा प्रकाश पर्छ वा दुश्मनलाई चेतावनी दिन्छ, त्यतिबेला यसको रङ निलो वा हरियो हुने गर्छ । यो रङको प्रयोग गरेर आफूलाई जोगाउने एउटा तरिका हो ।

समुद्री मुसा साधारणतया स्केवेन्जर्स हुन्छन् । अर्थात्, यसले समुद्रमा मरेका साना जीव खाने गर्छन् । वा स–साना गँगटो वा आफ्नै प्रजातिका किराको शिकार गर्छन् । यिनीहरु खतरनाक शिकारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप