बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो दिन पनि नेप्सेमा ७ अंकले गिरावट, भयो एक अर्बको कारोबार

बुधबार, ०७ मङ्सिर २०७९, १५ : ४१
बुधबार, ०७ मङ्सिर २०७९

निर्वाचनपछि खुलेको सेयर बजारमा दोस्रो दिन पनि ७ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ७.७२ अंकले घट्दै १९२१.९९ अंकमा झरेको हो । 

अघिल्लो दिन अर्थात् मंगलबार पनि सेयर बजार सूचक नेप्सेमा ७ अंकको नै गिरावट आएको थियो । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.७० अंकले घट्दै ३७७.९० अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

तर समग्रमा ७ अंकले घटेको बजारमा आज १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको २८ लाख ३९ हजार कित्ता सेयर कारोबार भएको छ । आज म्यानु एण्ड प्रो र ट्रेडिङ बाहेकका ११ वटा उपसमूहको उपसूचक ऋणात्मक भएका छन् भने सिभिल बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप