धादिङ–१ (क) बाट अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ विजयी
बुधबार, ०७ मंसिर २०७९, १६ : ०८

अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् ।
श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५३८ मत प्राप्त गरेका थिए । श्रेष्ठले केही फिल्म निर्माण तथा अभिनय गरेका छन् ।