शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट, सवा ७ लाखको हात खाली

बुधबार, ०७ मङ्सिर २०७९, १७ : ४५
बुधबार, ०७ मङ्सिर २०७९

पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको कम्पनीको आइपीओमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा कुल १२ लाख ३० हजार ६०५ जनाले आवेदन दिएकामा ७ लाख १४ हजार ८१७ जना आवदेकको हात खालि हुन पुगेको हो । जसमध्ये ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप