बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘अवतार : वे अफ वाटर’ ले कठिन हुँदै गएको चिनियाँ बजारमा पहुँच पायो

बुधबार, ०७ मङ्सिर २०७९, २१ : ०८
बुधबार, ०७ मङ्सिर २०७९

जेम्स क्यामरुनको निर्देशनमा ‘ब्लकबस्टर’ फिल्म अवतारको दोस्रो सिक्वेल डिसेम्बर १६ मा प्रदर्शन आउँदैंछ । सो फिल्म चिनियाँ सिनेमा घरहरूमा रिलिज हुन लागेको ट्वान्टीथ सेन्चुरी स्टुडियोले जानकारी दिएको छ ।
‘अवतार : द वे अफ वाटर’ चीनमा बाँकी विश्वमा प्रदर्शन भएकै दिनमा रिलिज हुने स्टुडियोले बुधबार आफ्नो आधिकारिक बेइवो अकाउन्टमा भनेको छ । 

योसँगै अवतारको दोस्रो भाग पछिल्लो समय चिनियाँ बजारमा पहुँच प्राप्त गर्ने केही विदेशी चलचित्रमध्ये एक बन्यो । यसअघि मिनियन्स फ्रान्चाईसको पछिल्लो संस्करण र सोनी पिक्चर्स ‘वेअर द क्राउड्स सिङ’ लगायतका चलचित्र चीनमा प्रदर्शन भएको थियो । 

विदेशी चलचित्रले चीनमा फिल्म प्रदर्शन गर्ने मितिहरू प्राप्त गर्न संघर्ष गर्नुपर्छ  । चीनमा प्रदर्शन गर्न अनुमति दिइएको अन्तर्राष्ट्रिय फिल्महरूको संख्यामा कोटा लागू गरिएकाले यस्तो अवस्था आएको हो । साथै कयौं फिल्मका सामाग्रीलाई अनुचित भन्दै चिनियाँ नियामकहरूले रोक लगाइदिन्छन् । 

हलिउडका ब्लकबस्टर फिल्मले चीनमा पहुँच पाउन निक्कै गार्हो हुने गरेको छ । पछिल्ला ६ मार्वल फिल्महरू चीनमा देखाइएन । वर्षको सुरुमा, ब्ल्याक प्यान्थरः वाकान्डा फोरएभरलाई पनि चीनमा रिलिज गर्न अस्वीकार गरियो ।

हलिउड फिल्महरूमाथि उच्च निगरानी बढेकै समयमा चिनियाँ फिल्म स्टुडियोहरूले हलिउड स्तरका ब्लकबस्टर बनाउने क्रम बढेको छ । चीनमा बनेका हिट फिल्महरूमा ‘वुल्फ वारियर’ फ्रान्चाइजी र गत वर्षको चर्चित फिल्म ‘द ब्याटल एट चाङ्जिन लेक’ ठूलो पर्दामा चिनियाँ–केन्द्रित कथाहरू हेर्न उत्सुक चिनियाँ दर्शकहरूमाझ निक्कै लोकप्रिय साबित भयो ।

सन् २०२० देखि चीनले टिकट बिक्रीमा अमेरिकालाई उछिनेर विश्वको फिल्म बजार बन्यो । तर पछिल्लो समय कोभिडका कारण चिनियाँ चलचित्र बजार नराम्ररी प्रभावित भइरहेको छ ।  देशभरका सिनेमा घरलाई पटक–पटक अन्तिम समयमा सञ्चालन स्थगित गर्न वा दर्शक संख्या घटाउन आदेश दिन गरिन्छ ।

यसैकारण यसवर्ष चीनको कुल बक्स अफिस संकलन २८.२७ अर्ब चिनियाँ युआन (४ अर्ब डलर) मात्र पुगेको छ । जबकि सन् २०१९ मा यो संख्या ६४.१५ अर्ब युआन( ८.९ अर्ब डलर) थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप