शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर २ मा कांग्रेसका साउदले मारे बाजी, एमालेका धामी पराजित

बिहीबार, ०८ मङ्सिर २०७९, ०० : ५२
बिहीबार, ०८ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन्। 

 ६४ हजार ७५२ मत खसेकोमा साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्। 

साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। २०५६ मा कञ्चनपुरको तत्कालिन क्षेत्र नम्बर १ बाट र ०७० मा कञ्चनपुरको तत्कालिन क्षेत्र नम्बर २ बाट साउद निर्वाचित भएका थिए ।

 २०३५–०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भइ २०४८ मा नेविसंघको केन्द्रीय सभापति भएका थिए । २०५९ देखि हालसम्म लगातार चार पटक कांग्रेसका केन्द्रीय सदस्य भइसकेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप