उपत्यकावासीले पत्याएनन् माओवादीलाई

१० वर्षे राजनीतिक द्वन्द्वको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन् । माओवादी द्वन्द्वले आक्रान्त उपत्यकावासीले २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौंका १० मध्ये चार र ललितपुरका ३ वटै क्षेत्रबाट माओवादीलाई स्वागत गरेका थिए । यसपटक कुनै पनि क्षेत्रबाट माओवादी उम्मेदवार प्रतिनिधिसभाका लागि अनुमोदनमा परेनन् ।
२०६४ सालको निर्वाचनपछि माओवादीको मत बढ्नुको सट्टा निरन्तर घटिरहेको छ । स्थानीय तहको निर्वाचन होस् वा संघीय संसद्को निर्वाचन, माओवादी केन्द्रले एमाले वा कविसको सहायताबिना एक्लै चुनाव लड्ने आँट गरेको देखिँदैन । पहिलो संविधानसभा निर्वाचनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र रोल्पा १ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पाए । भखरै शान्तिप्रक्रियामा आएको माओवादीले पहिलो संविधानसभा निर्वाचनमा ३१ लाख ४५ हजार ५१९ (३०.५२ प्रतिशत) मत प्राप्त गरेको थियो । माओवादीले प्रत्यक्षतर्फ १२० सिट आफ्नो पोल्टामा पारेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको २ दिने अल्टिमेटम सकिँदै : प्रचण्ड पार्टीको बैठकमा, के होला परिणाम ?
-
समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी छ : मन्त्री भण्डारी
-
‘स्क्रिनिङ परीक्षण गरे १० वर्षपछि क्यान्सर लाग्ने नलाग्ने थाहा हुन्छ’
-
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
-
विलाइसकेको बज्जीलाई वर्तमानमा खोज्ने प्रयास
-
चन्द्रागिरि पुगेर मलेसियाका गृहमन्त्रीले सम्झिए ग्यान्टिङ्ग हाइल्याण्ड