बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

लाइसेन्सको नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने

बिहीबार, ०८ मङ्सिर २०७९, ०६ : ३३
बिहीबार, ०८ मङ्सिर २०७९

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन ।

निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ । विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो । कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भने, “प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि आवेदन खुला गर्ने मिति टुङ्गो लाग्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप