इनास अमेरिकाले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )अमेरिकाले प्रवासमा रहेर पनि कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद र पत्रकारिता मार्फत योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ ।
यसरी सम्मानित हुने व्यक्तित्वहरूमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा नायिका अनसुया श्रेष्ठ वन्त रहेका छन् । त्यस्तै समाजसेवी डा. श्याम कार्की , डा. विष्णुमाया परियार ,खेलाडी बिना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र विजय थापालाई सम्मान गरिने छ ।
यसै गरी प्रोत्साहन स्वरूप नयाँ पुस्ताका द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता बास्तोला ,भ्वाइस अफ नेपालको प्रतिस्पर्धामा सहभागी भएका इनास केन्टकीका सदस्य प्रनिम राई तथा थुप्रै संगीत भिडियोमा अभिनय गरेका बाल कलाकार सम्राट दाहाललाई पनि प्रोत्साहन पुरस्कार वितरण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश