शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर–२ मा कांग्रेसको कम्ब्याक, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : २३
बिहीबार, ०८ मङ्सिर २०७९

भक्तपुर–२ मा  प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले  विजयी भएका छन्  । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।

जीतपछि भक्तपुरमा सबै पार्टीहरूलाई समेटेर यो ठाउँको विकासमा सहभागी हुने प्रतिबद्धता थापाले जनतासामु राखे । भक्तपुरमा सबै पार्टीहरूलाई समेटेर यो ठाउँको विकासमा सहभागी हुने उनको भनाइ थियो । अहिलेसम्म भक्तपुर–२ मा कांग्रेसले ३, नेमकिपाले २ र एमालेले १ पटक चुनाव जितेका छन् । यहाँबाट कांग्रेस २०४८, ०५१, ०५६ र ०७० मा विजयी भएको थियो भने २०५१ र २०६४ मा नेमकिपाले बाजी मारेको थियो । 

एमालेले वाम गठबन्धन बनाएपछि मात्र भक्तपुरमा चुनाव जितेको देखिन्छ । बस्नेत ०७० मा भक्तपुर–२ बाटै कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए । त्यतिबेला तेस्रो भएका बस्नेत ०७४ निर्वाचनमा वाम गठबन्धनबाट करिब दोब्बर मतले निर्वाचित भएका थिए । बस्नेतले ३६ हजार ४ सय १२ र कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप