शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापान : जीत टोलीको, चर्चा समर्थकको

बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ५२
बिहीबार, ०८ मङ्सिर २०७९

बुधबार जापानले जर्मनीलाई २–१ गोलले स्तब्ध बनाउँदै विश्वभर चर्चा कमायो । यतिबेला चर्चा सो खेलभन्दा पनि जापानका समर्थकहरूको धेरै भइरहेको छ । 

प्रायः खेलपछि फुटबल स्टेडियमहरू खाना, खाली कपलगायत फोहोरले भरिएका हुन् । तर, जापानका समर्थकहरूको भएका स्टेडियममा भने त्यस्तो हुँदैन । आफ्नो टोलीको अभूतपूर्व जीत हासिल गरेको खुसीयालीलाई थाँती राख्दै उनीहरूले खलिफा अन्तर्राष्ट्रिय स्टेडियम सफा गर्न लागेका हुन् ।

चार वर्षअघि रुसमा आयोजित विश्वकपमा बेल्जियमविरुद्ध ३–२ को हार बेहोरेपछि पनि जापानका समर्थकहरूले स्टेडियम सफा गरेका थिए । आफ्नो टोली संलग्न नभएको आइतबारको कतार र इक्वेडरविरुद्धको खेलपछि पनि जापानका समर्थकहरूले स्टेडियम सफा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप