शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेता विक्रम गोखलेको अवस्था नाजुक : छोरीले भनिन्– उनको निधन भएको छैन, सुस्वास्थ्यको कामना गर्नुहोस्

बिहीबार, ०८ मङ्सिर २०७९, १० : १८
बिहीबार, ०८ मङ्सिर २०७९

बलिउड अभिनेता विक्रम गोखलेको निधन भएको छैन । अहिले उनको अवस्था चिन्ताजनक रहेको छ । उनकी छोरीले बुधवार अबेर राति यसबारे जानकारी दिँदै बुवाको मृत्युको खबर गलत भएको बताएकी छिन् । उनले बाबुको अवस्था अहिले निकै नाजुक रहेको बताएकी छिन् । उनका अनुसार डाक्टरहरुले सक्दो प्रयास गरिरहेका छन् ।

उनले बुवाको सुस्वास्थ्यका लागि सबैलाई प्रार्थना गरिदिन आग्रह पनि गरेकी छिन् । वास्तवमा विक्रम गोखलेको मृत्युको खबर बुधबार राति नै आएको थियो । यसपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जलीको वर्षा हुन थालेको थियो ।

ऐश्वर्या रायका बुवाको भूमिकामा देखिएकी छन्

सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ मा विक्रम गोखले ऐश्वर्याका बुवाको भूमिकामा देखिएका थिए । यसबाहेक उनले भुल भुलैया, दिल से, अग्निपथ, दे दना दान, हिचकी, निकम, मिशन मंगल जस्ता फिल्ममा पनि काम गरेका छन् ।

चलचित्र अभिनेता चन्द्रकान्त गोखलेका छोरा

विक्रम गोखले मराठी थिएटर, हिन्दी सिनेमा र टेलिभिजनमा धेरै सक्रिय थिए । उनी चलचित्र अभिनेता चन्द्रकान्त गोखलेका छोरा हुन् । विक्रम गोखलेकी हजुरआमा कमलाबाई गोखले भारतीय सिनेमाको पहिलो महिला बाल कलाकार थिइन् ।

टेलिभिजन कार्यक्रम उडानमा पनि काम गरेका थिए

विक्रम गोखलेले टेलिभिजनमा पनि आफ्नो छुट्टै पहिचान बनाएका थिए । उनी सन् १९८९ देखि १९९१ सम्म दूरदर्शनमा चलेको प्रसिद्ध शो ‘उडान’ का उनी हिस्सा थिए ।

९७ वटा चलचित्र र नाटकमा अभिनय गरे

विक्रम गोखलेले ९७ चलचित्र र थिएटर नाटकमा अभिनय गरेका छन् । उनले ७० मराठी फिल्ममा पनि अभिनय गरेका छन् । उनी पछिल्लो पटक २०२२ मा रिलिज भएको फिल्म निकम्मामा देखिएका थिए । यसबाहेक उनी आगामी वेब सिरिज अम्बेडकर – द लिजेण्डमा देखिनेछन् ।

संगीत नाटक अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो

सन् २०११ मा, विक्रम गोखलेलाई थिएटरमा उनको कामका लागी संगीत नाटक अकादमी पुरस्कारद्वारा  सम्मानित गरिएको थियो । सन् २०१३ मा मराठी फिल्म अनुमतिका लागि उनलाई राष्ट्रिय चलचित्र पुरस्कार पनि दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप