१ लाख राशीको सनसिल्क दसैँ भाइब्सको विजेता घोषणा
बिहीबार, ०८ मङ्सिर २०७९, ११ : ०९
सनसिल्क दसैँ भाइब्स–२ प्रतियोगीताको विजेताहरूको घोषणा भएको छ । यस प्रतियोगितामा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका हुन् । प्रत्येक विजेताले १ लाख रूपैयाँको दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।
यस प्रतियोगिताहरूमा आफ्नो राम्रो हेयरस्टाइल र दसैँ भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए। यी विजेताहरूको चयनको लागि नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो ।
सनसिल्क दसैँ भाइब्स–२ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२ मा होटल र्‍याडिसनमा आयोजना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ