एन्फाद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान
बिहीबार, ०८ मङ्सिर २०७९, ११ : १४
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । अब्दुल्लाह अल्मुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि एन्फा अहिले मुख्य प्रशिक्षकबिहिन छ ।
एन्फाले बिहीबार एक मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले नेपालका मुख्य प्रशिक्षकका लागि योग्य हुनेछन् । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाई र पाकिस्तान विरुद्धको मैत्रीपूर्ण कार्यबाहेक प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो ।
यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी