शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँकेको कोहलपुरबाट अपहरित बालक १ महिनापछि अपहरणमुक्त

बिहीबार, ०८ मङ्सिर २०७९, ११ : २१
बिहीबार, ०८ मङ्सिर २०७९

बाँकेको कोहलपुर नगरपालिका स्थित चौराहबाट एक महिनाअघि अपहरणमा परेका बालक अपहरण मुक्त भएका छन् । १ महिनापछि उनलाई सकुसल अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले रातोपाटीलाई बताए । 

प्रहरीले आफूलाई पहिचान गरेको थाहा पाएपछि अपहरणकारीले बुधबार साँझ १३ वर्षीय बालकलाई नेपालगन्जमा ल्याएर छाडेका हुन् । रुकुम घर भएका युवाले १३ वर्षीय बालक कवित मगर (नाम परिवर्तन) कात्तिक १६ मा अपहरण गरेका थिए । कवित परिवारसँग बैजनाथ गाउँपालिका–१ मा बस्दै आएका थिए ।

बालकलाई फेसवुकबाट सम्पर्क गरेर अपहरणकारीले भारतको हरिद्वार हुँदै हिमाञ्चल प्रदेशको छत्रीमा लगेर राखेको अनुसन्धानबाट थाहा भएको डीएसपी मल्लले बताए । आरोपी पहिचान गरेपछि कोहलपुरबाट खटिएको प्रहरी रुकुम स्थित उनको घरमा पुगेको थियो । घरमा प्रहरी पुगेको थाहा पाएपछि उनले भारतबाट बालकलाई नेपालगन्ज ल्याएर छाडेका हुन् । 

०६९ मा पनि  आरोपी बालकलाई अपहरण गरेर यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए । कोहलपुरबाट अपहरण गरेर बालकलाई भारतमा लगेर उनले यौन दुरुपयोग गरेको बालकले प्रहरीलाई बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

‘लुरी डन’ र नमुना भट्टराई नामको फेसबुक आइडीमार्फत आरोपीले १३ वर्षीय बालकलाई सम्पर्क गरेर अपहरण गरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपी रुकुम पश्चिमको चौरजहारी नपा–१३ एकौली का स्थानीय हुन् । उनलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप