शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आदित्य नारायण झाले काठमाडौंका दर्शक नचाउने

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ०६
बिहीबार, ०८ मङ्सिर २०७९

बलिउड गायक आदित्य नारायण झाले काठमाडौं बासी दर्शक नचाउने भएका छन् । उनले आगामी शनिबार (१० मंसिर) मा ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो नयाँ तथा पुराना गीतसंगीत समेत प्रस्तुत गर्ने छन् । 

कन्सर्टका लागि आदित्य शुक्रबार नेपाल आउनेछन् । आदित्यले आफ्ना हिन्दीको अलवा केही नेपाली हिट गीत समेत प्रस्तुत गर्ने कन्सर्टका आयोजक तथा क्लबका संचालक सोनम शेर्पाले जानकारी दिए ।

गायक झाले कन्सर्टपछि नेपाल बसाइको क्रममा अलवा पशुपतिनाथको पनि दर्शन गर्नेछन् । सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए । उनका पिता उदित नारायण झाको नेपाल र बलिउडमा थुप्रै हित गीत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप