शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ०९
बिहीबार, ०८ मङ्सिर २०७९

बिहीबार सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापा वाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापा वाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप