बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनकामना केबलकार देशकै पहिलो डिजिटल केबलकार बन्ने

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : २५
बिहीबार, ०८ मङ्सिर २०७९

नेपालको पहिलो मनकामना केबलकार सञ्चालनको २५ वर्ष पुरा भएको छ । यो केबलकार २०५५ साल मङ्सिरदेखि सञ्चालनमा आएको हो ।

यसका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार हालसम्म १ करोड ७० यात्रुले केबलकार प्रयोग गरेका छन् । कम्पनीले केबलकार रहेको चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १–१ प्रतिशत सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, मण्ठमन्दिरको जीर्णोद्धारलगायत विकास निर्माणका कार्यमा खर्च गर्दै आएको छ । 

श्रेष्ठले अब मनकामना केबलकार लाई विद्यमान एनालग प्रविधिबाट डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने काम भइरहेको पनि जानकारी दिएका छन् । उनले यो देशकै पहिलो डिजिटल केबलकार हुने जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप